आईपीएल : कोलकोतामाथि चेन्नईको सहज जित


२७ चैत्र २०८०, मंगलवार
chennai kolkata.jpg 12024 04 09 06 04 19

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत चेन्नई सुपर किंग्सले कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा चेन्नईले कोलकोतालाई ७ विकेटले पराजित गरेको हो । कोलकोताले दिएको १३८ रनको लक्ष्य पछाएको चेन्नईले १७.४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकोताले २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन मात्र बनाएको थियो । चेन्नईको यो जारी सिजनमा तेस्रो जित हो । ५ खेलमा ३ जित र २ हारसहित चेन्नईको ६ अंक भएको छ । त्यस्तै कोलकोताको भने यो पहिलो हार हो । ४ खेलमा ३ जित र एक हारसहित कोलकोताको ६ अंक रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७