कांग्रेसलाई गृहमन्त्री लामिछानेको शर्त : आरोप लाग्ने बित्तिकै राजीनामा दिने सहमति गरौं


२७ चैत्र २०८०, मंगलवार
rabi
फाइल फोटो

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा उजुरी पर्दैमा आफूले पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन् ।

उपप्रधानमन्त्री लामिछानेले भ्रष्टाचारको उजुरी पर्दैमा राजीनामा दिने हो भने त्यसका सहमति गरेर अघि बढ्न कांग्रेस तयार हुनुपर्ने शर्त समेत राखे । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएकाले छानबिनका लागि संसदीय समिति बन्नुपर्ने भन्दै संसद बैठक अवरुद्ध पारिरहेका बेला उनले भने मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उजुरी पर्दैमा छानबिन गर्ने कुरा संसदीय मूल्य, मान्यताभित्र नपर्ने जिकिर समेत गरे ।

उपप्रधानमन्त्री लामिछानेले भ्रष्टामुक्त मुलुक बनाउने साँच्चै चाहना हो भने उच्चस्तरीय छानबिन समिति बनाएर २०४७ सालयताका सबै भ्रष्टाचारका काण्डहरूको छानबिन गर्न तयार हुन पनि कांग्रेससँग प्रस्ताव गरेका छन् । उपप्रधानमन्त्री लामिछानेले आफूमाथि व्यक्तिगत आरोपमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागको कुनै औचित्य नभएको बताए ।

उनले भने, ‘यो त संसद्मा भइरहने कुरा हो । नेपाली कांग्रेसले निरन्तर गरेको विषय हो । आरोप लगाउने उहाँहरुको स्वतन्त्रताको कुरा होला। संसदीय अधिकारको कुरा होला । लोकतन्त्रको अभ्यास होला । तर मैले राजीनामा दिनुपर्ने हो भने आरोप लाग्दैन राजीनामा दिनै पर्ने सर्वदलीय सहमित गरौँ ।’ उपप्रधानमन्त्री लामिछानेले आफूमाथि व्यक्तिगत आरोपमा संसदीय छानबिन समिति बनाउनु पर्ने मागको कुनै औचित्य नभएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७