शरणार्थी शिविरमा इजरायलको हवाइ हमला, १४ प्यालेस्टाइनीको मृत्यु


२८ चैत्र २०८०, बुधबार
Isrel eVDdTgUqud

काठमाडौं । गाजाको नुसेरात शिविरमा इजरायली हवाई आक्रमणमा कम्तिमा १४ प्यालेस्टाइनीको मृत्यु भएको छ । गए राति गाजाको मध्य भागमा रहेको नुसेरात शरणार्थी शिविरमा रहेको आवासीय स्क्वायरलाई लक्षित गरी भएको आक्रमणमा कयौं घाइते भएको जनाएको वाफा न्यूजले जनाएको छ ।

मध्य गाजाको देर अल–बालाह र सुदूर दक्षिणमा रफाहमा अन्य हवाई आक्रमणहरू गरिएको थियो । हमासले मंलबार गाजामा युद्धविराम गर्ने इजरायली प्रस्तावले प्यालेस्टिनी लडाकु गुटहरूको माग पूरा नगरेको तर प्रस्तावलाई थप अध्ययन गरी मध्यस्थकर्ताहरूलाई प्रतिक्रिया दिने बताएको छ । इजिप्ट र कतारका मध्यस्थकर्ताहरूले काइरोमा भएको वार्तामा प्यालेस्टिनी इस्लामवादी आन्दोलनलाई यो प्रस्ताव हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७