कांग्रेसले सहकारीको विषय गठबन्धनमा भ्वाङ्ग पार्न सकिन्छ कि भनेर उठाएको हो : सांसद थापा


२८ चैत्र २०८०, बुधबार
surya thapa

काठमाडौँ । सत्तारूढ नेकपा एमालेका सांसद सूर्य थापाले तथ्य र प्रमाणको आधारमा सदनमा प्रस्तुत हुन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई चेतावनी दिएका छन् । सहकारी प्रकरणमा कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न माग गरिरहेको छ । तर, सत्तारुढ दलहरुले भने समिति बन्न नसक्ने बताइरहेका छन् ।

आज (बुधबार) को प्रतिनिधिसभा बैठकको सुरुमै समय लिएर बोल्दै उनले सुनकाण्डमा एमालेले तथ्यसहित छानबिन समिति गठनको माग गरेको र यसले परिणाम पनि दिएको भन्दै उनले कांग्रेसले पनि प्रमाणसहित विषय उठान गर्नुपर्ने बताएका हुन् ।

‘देशका लागि एजेण्डा तथ्यका आधारमा उठाउँदा परिणाम दिन्छ भन्ने कुरा हिजो सुनकाण्डमा एमालेले प्रमाणित गरेको छ,’ उनले भने । उनले सहकारी विषय टोलटोलदेखि राष्ट्रियस्तरसम्म बहसको विषय भएको उनको भनाइ थियो । सांसद थापाले बहस व्यक्ति केन्द्रित गर्न कांग्रेस लागि परेको बताए । उनले कास्की जिल्ला अदालतमा विचाराधीन विषय सदनमा कसरी बहसको विषय बन्न सक्छ भन्दै प्रश्न गरे ।

‘सूर्यदर्शनको विषय कास्की जिल्ला अदालतमा विचाराधीन विषय हो । अदालतमा विचाराधीन विषय यहाँ बहसको विषय हुन्न भन्ने थाहा छ थाहा पाएर पनि उठाएका छौं । सहकारी विषयमा छलफल गरेर निष्कर्षमा पुर्‍याउन हैन गठबन्धनमा भ्वाङ्ग पार्न सकिन्छ कि भनेर उठाइएको छ,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७