बसले ठक्कर दिंदा आमाको मृत्यु, मोटरसाइकल चालक छोरा गम्भीर घाइते


२९ चैत्र २०८०, बिहीबार
manju katuwal

मोरङ । मोरङस्थित पूर्व–पश्चिम राजमार्गमा बिहीबार यात्रु बसले ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ । मोरङको कानेपोखरीमा एउटा यात्रु बसले मोटरसाइकललाई ठक्कर दिँदा इटहरी उपमहानगरपालिका–८ निवासी ४४ वर्षीया मञ्जु कटुवालको ज्यान गएको हो ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ख ३३७२ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–०४८ प ७२४६ नम्बरको मोटरसाइकललाई आज (बिहीबार) बिहान ८ बजेतिर कानेपोखरी गाउँपालिका ७ मा ठक्कर दिएको थियो । दुर्घटनापछि उनलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा लगिएको थियो ।

उनको बिहीबार बिहान साढे ९ बजे उपचारका क्रममा ज्यान गएको हो । बसको ठक्करपछि भएको दुर्घटनामा मोटरसाइकल चालक २१ वर्षीय अमित कटुवाल घाइते भएका छन् । प्रहरीका अनुसार मृतक मञ्जु र घाइते अमित आमा–छोरा हुन् । दुर्घटनामा संलग्न बस र चालक मोरङको पथरीशनिश्चरे नगरपालिका–२ का ३७ वर्षीय टेकबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७