स्कुल बस दुर्घटना हुँदा ६ बालबालिकाको मृत्यु, २० बढी घाइते


२९ चैत्र २०८०, बिहीबार

काठमाडौं । भारतको उत्तरी राज्य हरियाणामा स्कुल बस दुर्घटना हुँदा कम्तीमा छ जना बालबालिकाको ज्यान गएको छ । दुर्घटनामा २० जनाभन्दा धेरै विद्यार्थी घाइते भएका स्थानीय प्रहरीले जनाएको छ ।

जीएल पब्लिक स्कुलका झण्डै ४० जना विद्यार्थी बोकेको बस आज दिउँसो कानिना क्षेत्रमा दुर्घटना भएको हो । चालकले जाँड–रक्सी खाएको र तीव्र गतिका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । हरियाणा राज्यका मुख्यमन्त्री नायब सिंह सैनीले दुर्घटनामा दुःख व्यक्त गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७