घरेलु मैदानमा लिभरपुलको लज्जास्पद हार


३० चैत्र २०८०, शुक्रबार
newskarkahna news677590.1712892029

काठमाडौँ । प्रिमियर लिग क्लब लिभरपुल इटालियन क्लब एटलान्टासँग पराजित भएको छ । गए रात सम्पन्न युरोपा लिगको क्वार्टर फाइनलको पहिलो लिगमा एटलान्टाले लिभरपुललाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

एटलान्टाको जितमा गियानलुका स्कामकाले २ गोल गरेका थिए भने मारियो पासालिकले एक गोल गरेका थिए । घरेलु मैदानमा लज्जास्पद हार बेहोरेको लिभरपुलले अब दोस्रो लिग भने एटलान्टाको मैदानमा अप्रिल १९ मा खेल्ने छ ।

त्यस्तै गए राति नै सम्पन्न क्वाटरफाइनलको पहिलो लिगका अन्य खेलमा एस रोमाले एसी मिलानलाई १–० गोल अन्तरले पराजित गरेको छ भने मार्सेलीले बेनिफिकालाई २–१ गोल अन्तरले पराजित गरेको छ । त्यस्तै लिभर कुसेनले वेस्टह्यामलाई २–० ले पराजित गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७