बैशाखका लागि अधिकांश बैंकले घटाए ब्याजदर, अब कुनको कति ? (सूचीसहित)


३० चैत्र २०८०, शुक्रबार
Bank list

काठमाडौँ । बैशाख महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर तालिका अनुसार बैंकहरुले नयाँ वर्षको पहिलो महिनाका लागि ब्याजदर घटाएका हुन् ।

नयाँ ब्याजदर तालिका अनुसार बैंकहरुले साधारण बचत खाताका लागि न्यूनतम ब्याजदर ३ प्रतिशत देखि ३.७५ प्रतिशतसम्म ब्याजदर तोकेका छन् । अघिल्लो महिना यस्तो न्यूनतम ब्याजदर ३ प्रतिशत देखि ४.१४ प्रतिशतसम्म रहेको थियो । त्यस्तै एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरुले ५ प्रतिशतदेखि ७.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन् ।

अघिल्लो वर्ष यस्तो ब्याजदर ५ प्रतिशतदेखि ८.२५ प्रतिशतसम्म थियो । एक वर्षे संस्थागत मुद्दती निक्षेपमा बैंकहरुको ब्याजदर ४ प्रतिशतदेखि ६.७० प्रतिशतसम्म रहेको छ । अघिल्लो महिना ५.५ प्रतिशतदेखि ७.७५ प्रतिशतसम्म रहेको थियो । नयाँ तालिका अनुसार अहिले बचत खातामा सबैभन्दा धेरै कुमारी बैंकले ३.७६ प्रतिशत प्रस्ताव गरेको छ ।

त्यस्तै, व्यक्तिगत मुद्दती खातामा एनआईशी एशिया बैंकको ७.७५ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा सोही बैंकको ६.७० प्रतिशत ब्याज नै सर्वाधिक रहेको देखिएको छ । अहिले व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकको ५.२५ प्रतिशत छ । संस्थागत मुद्दतीतर्फ हिमालयन बैंकले सबैभन्दा कम ४ प्रतिशत मात्रै ब्याजदर दिने जनाएको छ ।

अब कुन बैंकको व्याजदर कति ?
बैशाखका लागि १५ बैंकले नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन् । बाँकी ५ वटा बैंकको नयाँ तालिका प्रकाशित भएको छैन । नयाँ ब्याजदर तालिका प्रकाशन नगरेका बैंकहरुले चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिनु पर्छ ।

नयाँ ब्याजदर तालिका प्रकाशन गरेका बैंकहरुमध्ये एभरेष्ट बैंकले बचत खाताको ब्याजदर स्थिर राख्दै मुद्दती खाताको ब्याजदरलाई बढाएको छ । कृषि विकास बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको ब्याजदर स्थिर रहँदा बाँकी सबै बैंकहरुको ब्याजदर घटेको छ । ब्याजदर घटाएका बैंकमध्ये अधिकांशले बचत खाता तथा व्यक्तिगत एवं संस्थागत दुवै मुद्दती खाताको ब्याजदर घटाएका छन् । कुमारी बैंकले बचत खाताको ब्याजदरलाई स्थिर राखेर मुद्दतीको ब्याजदर घटाउँदा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बचतको ब्याजदर घटाएर अरु स्थिर राखेको छ ।

bank interest 81 01 01

प्रकाशित तालिका अनुसार स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दती निक्षेपभन्दा संस्थागत निक्षेपमा बढी ब्याजदर प्रस्ताव गरेको छ । त्यस्तै, एनएमबी बैंकले व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपको ब्याजदर समान राखेको छ । बैंकहरुले बचत खातामा खाताको प्रकार तथा मुद्दती खातामा समयावधिको आधारमा उल्लेखित ब्याजदरभन्दा केही घटी र केही बढी ब्याजदर प्रस्ताव गरेका छन् । अहिले विभिन्न बचत खाताको ब्याजदर अधिकतम २ प्रतिशतसम्म फरक हुन पाउने व्यवस्था छ । रेमिट्यान्स बचत खातामा अन्य बचत खाताभन्दा १ प्रतिशत बढी ब्याजदर तोक्न पाइन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७