इजरायल तोपखानामा इरान समर्थित हिजबुल्लाहको हमला


१ बैशाख २०८१, शनिबार
hijbullah2024 04 13 09 04 14

बेरुत । हिजबुल्लाह समूहले इजरायली तोपखानामा आक्रमण गरेका छन् । लेबनानको इरान समर्थित हिजबुल्लाह समूहले शुक्रबार इजरायली तोपखाना स्थानहरूमा दर्जनौं रकेट प्रहार गरेका छन् । हिजबुल्लाह समुहका अनुसार दर्जनौं काट्युशा रकेटहरू प्रहार गरेको बताएको छ । यो बमबारी दक्षिणमा इजरायली हमलाहरूको जवाफमा भएको थियो ।

प्यालेस्टिनी लडाकु समूहले अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गरेपछि हमासको सहयोगी हिजबुल्लाहले इजरायली सेनासँग नजिकैको सीमापार गोलीबारी हानाहान गर्दै आएका छन् । हिजबुल्लाह लडाकुले भन्यो, ‘शत्रुको तोपखाना पोजिसनहरूमा दर्जनौं काट्युशा रकेट निशाना बनाइएको छ, यो दक्षिणी गाउँहरू र नागरिक घरहरूमा दुश्मनको आक्रमणको प्रतिक्रियामा थियो ।’

इजरायली सेनाका अनुसार लेबनानी क्षेत्रबाट लगभग ४० रकेट पहिचान गरिएको थियो, जसमध्ये केहीलाई रोकिएको थियो । लेबनानको राज्य संचालित राष्ट्रिय समाचार एजेन्सीले इजरायलले सीमा नजिकका धेरै गाउँहरूमा बमबारी भएको जनाएको छ ।
हिंसाले अहिलेसम्म लेबनानमा कम्तिमा ३६३ जनाको ज्यान लिइसकेको छ, जसमा अधिकांश हिजबुल्लाह लडाकुहरू छन् तर कम्तिमा १० नागरिकहरू पनि समावेश छन् । साथै, इजरायलमा सेनाका १० सैनिक र ८ सर्वसाधारण मारिएको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७