अब ठमेल र दरबारमार्ग २४ घण्टा खुला, गृहमन्त्रीले गरे घोषणा


१ बैशाख २०८१, शनिबार
rb

काठमाडौं । काठमाडौंका दुई पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग अबदेखि २४ सै घण्टा खुला हुने भएको छ । नयाँ वर्षको पहिलो दिनदेखि यी दुवै पर्यटकीय बजार खुला घोषणा गरिएको हो ।

ठमेल पर्यटन विकास परिषद् र दरवारमार्ग विकास बोर्डको संयुक्त आयोजनामा आज (शनिबार) ठमेलमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले दुवै बजार क्षेत्र आजैदेखि २४ सै घण्टा खुलेको घोषणा गरेका हुन् ।

बजार पूर्णकालीन समय सञ्चालन गर्न जिल्ला प्रशासन कार्याल, काठमाडौंले मापदण्ड, आचारसंहिता र सुरक्षा योजना जारी गरेको छ । मापदण्ड र आचारसंहिताले ठमेल र दरबारमार्ग क्षेत्रलाई आजको भन्दा राम्रो र पर्यटकमैत्री बनाउने र व्यवसायी तथा घरधनीको पनि हित हुने दुवै आयोजकले विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७