म्यानचेस्टर सिटी शीर्ष स्थानमा : युनाइटेड र बर्नमाउथले बराबरी खेले


२ बैशाख २०८१, आईतवार
city

काठमाडौँ । इङलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ । गए राति भएको खेलमा सिटीले लुटन टाउनलाई ५–१ गोलले हराउँदै तालिकाको शीर्ष स्थानमा पुगेको हो । सिटीको ३२ खेलमा ७३ अङ्क छ । एक खेल कम खेलेको आर्सनल ७१ अङ्कसहित दोस्रो र ७१ अङ्क नै रहेको लिभरपुल तेस्रो स्थानमा छ ।

अरु खेलमा म्यानचेस्टर युनाइटेड र बर्नमाउथ, नटिङघम फरेस्ट र उल्भ्सले २–२ गोलको तथा बर्नली र ब्राइटनले १–१ गोलको बराबरी खेलेका छन् । ब्रेन्टफोर्डले सेफिल्ड युनाइटेडलाई २–० र न्युक्यासलले टोटनहमलाई ४–० गोलले हराएको छ । आज लिभरपुल र क्रिस्टल प्यालेस, वेस्टह्याम र फुलहम तथा आर्सनल र एस्टनभिल्लाबीच खेल हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७