भीम रावलको टिप्पणी : सुदूरपश्चिममा सत्ताको खेल संविधानको मर्म र जनताको आकांक्षा विपरीत


२ बैशाख २०८१, आईतवार
Bhim Rawal is a CPN UML politician He is former Deputy Prime Minister Defence Minister of Nepal

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिममा भएको सत्ताको खेल संविधानको मर्म र जनताको आकांक्षाविपरीत भएको टिप्पणी गरेका छन् ।

सुदूरपश्चिममा सरकार बनाउन नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई जनाले दाबी पेस गरेपछि एमाले नेता रावलले यस्तो टिप्पणी गरेका हुन् । नेता रावलले यस्तै कृत्य संघीयताको मानक हो भने संघीयताको औचित्य नभएको बताएका छन् ।

उनले भनेका छन्, ‘कोशी प्रदेशपछि सुदूरपश्चिम प्रदेशमा आज भइरहेको सत्तास् वार्थको खेल (दुई जनाको मुख्यमन्त्रीमा दाबी र एक दलका सदस्यको दुईतिर समर्थन !) संविधानको मर्म र जनताको आकांक्षा विपरीत छ । यस्तै कृत्य संघीयताको मानक हो भने संघीयताको कुनै औचित्य छैन । लाज नै लजाउनु पर्ने स्थिति !’ –न्यूज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७