चरित्र हत्या आरोपमा रश्मिला धामी पक्राउ


३ बैशाख २०८१, सोमबार
Rashmila dhami

काठमाडौँ । सामाजिक सञ्जालबाट व्यक्तिको चरित्र हत्या गरेको आरोपमा प्रहरीले बझाङकी रश्मिला धामीलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई काठमाडौँको टोखाबाट पक्राउ गरेको हो ।

एक युवतीले सामाजिक सञ्जालबाट आफ्नो चरित्र हत्या गरेको भन्दै उजुरी दिएपछि उनलाई पक्राउ गरेको साइबर ब्युरो स्रोतले जानकारी दिएको छ । आइतबार पक्राउ परेकी उनीमाथि अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले अनुमति माग गर्दै सोमबार जिल्ला अदालत काठमाडौँमा पेश गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७