बाँकेको बाहुबली हर्बल प्रालिमा भीषण आगलागी, भारतबाट पनि बेलाइयो दमकल


६ बैशाख २०८१, बिहीबार
fire banke

बाँके । बाँकेको जानकी गाउँपालिका– ६ स्थित बाहुबली हर्बल प्रालि परिसरभित्रको फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ-खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको छ । आगलागी नियन्त्रणका लागि नेपाल र भारतका ११ वटा दमकलले आगो नियन्त्रणमा लिँदै ।

बिहीबार बिहान ७ बजे जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिमा आगलागी भएको बाँकेका डिएसपी नारायण डाँगीले जानकारी दिए । उद्योगको बाहिर सल्लाको काठ थुपारिएको गोदाममा आगलागी भएको उनले बताए । मुख्य गोदाम भने सुरक्षित रहेको डिएसपी डाँगीले जानकारी दिए । अहिले आगो निभाउने काम भइरहेको उनले बताए ।

‘आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । करिब ९० प्रतिशत आगो नियन्त्रणमा आइसकेको छ,’ उनले भने । आगलागीबाट मानवीय क्षति नभएको र आगो नियन्त्रणमा आएपछि भौतिक क्षतिबारे थाहा उनले उनले बताए । विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७