लुम्बिनीमा मन्त्रिपरिषद विस्तार : ६ जना बिना विभागीय, तीन जनाको तोकियो जिम्मेवारी


६ बैशाख २०८१, बिहीबार
Lumbini jokh bdr sarkar

रुपन्देही । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज (बिहीबार) ६ जनालाई बिना विभागीय मन्त्रीको रूपमा नियुक्त गरेका हुन् ।

थपिएका मन्त्रीहरूमा दिनेश पन्थी, खड्क बस्नेत, धर्मबहादुर चौधरी, अर्जुनकुमार केसी, भुमेश्वर ढकाल र रत्नबहादुर खत्री रहेका छन् । यस्तै, यसअघि नियुक्त भएका तीन जना मन्त्रीले पनि विभागीय जिम्मेवारी पाएका छन् । मन्त्रीहरू भण्डारीलाल अहिर कृषि तथा भूमि व्यवस्था मन्त्रालय, देपेन्द्रकुमार पुन स्वास्थ्य मन्त्रालय र चेतनारायण आचार्य आर्थिक मामिला तथा योजना मन्त्रालय विभागको जम्मेवारी पाएका हुन् ।

नेपालको संविधानको धार १६८ को उपधार ९ बमोजिम कार्य विभाजन गर्ने गरी प्रदेश मन्त्रिपरिषद् गठनका लागि मुख्यमन्त्रीले सिफारिस गरेका हुन् । नवनियुक्त मन्त्रीको शपथ ग्रहण आज बेलुका ५ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा हुने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७