छुटे एन्फा उपाध्यक्ष दावा लामा


६ बैशाख २०८१, बिहीबार
dawa lama 1

काठमाडौं । लागूऔषध मुद्दामा पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन् । लागुऔषध मुद्दामा पाँच वर्ष कैद सजाय सुनाइएका लामाले सर्वोच्च अदालतबाट पहिले नै तारेखमा राख्नु भन्ने आदेश लिएको खुलेपछि उनी छुटेका हुन् ।

दावालाई उच्च अदालत पाटनले २०६४ जेठ २० गते दोषी ठहर गरेको थियो । उनलाई पाँच वर्ष कैद र पाँच हजार जरिवाना तोकिएको थियो । तर, उनी सजाय भुक्तान नगरी फरार रहेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई बुधबार पेप्सीकोलाबाट पक्राउ गरेको थियो । लामाले सर्वोच्च अदालतमा पुनरावेदन गरेकाले उच्च अदालतले छाडेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७