मध्यपश्चिम विश्वविद्यालयको उपकुलतिमा गौतम, सिंह र खड्काको नाम सिफारिस


७ बैशाख २०८१, शुक्रबार
Madhyapaschim University

काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयको उपकुलतिमा तीन जनाको नाम सिफारिस भएको छ । नाम सिफारिस भएकाहरूमा प्राडा. धुव्रकुमार गौतम, नन्दबहादुर सिंह र देवबहादुर खड्का छन् ।

गौतम त्रिवि योजना महाशाखाका प्रमुख, सिंह मध्यपश्चिमका पूर्व उपकुलपति र खड्का पूर्व डिन हुन् । उपकुलपति छनोट गर्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको थियो । समितिले दरखास्त माग गरी कार्ययोजना, सोचपत्र र अन्तर्वार्ताको आधारमा छनोट गरी सिफारिस गरेको हो ।

विज्ञहरुबाट प्रतिस्पर्धीको मूल्यांकन गरिएको समितिले जनाएको छ । उपकुलपतिमा १० जनाले आवेदन दिएका थिए । शिक्षा सचिव सुरेश अधिकारी र राष्ट्रिय योजना आयोगका सदस्य रमेशचन्द्र पौडेल समिति सदस्य थिए । सिफारिस गरेमध्ये एक जनालाई प्रधानमन्त्री तथा कुलपतिले उपकुलपति नियुक्त गर्ने व्यवस्था छ । सिंहको कार्यकाल सकिएपछि मध्यपश्चिम विश्वविधालय उपकुलपतिविहीन छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७