कांग्रेसले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने, सभामुखलाई गरायो जानकारी


७ बैशाख २०८१, शुक्रबार
congress gandak

पोखरा । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने भएको छ । कांग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतबाट मुद्दा किनारा नलाग्दासम्म बैठक बहिष्कार गर्ने निर्णय गरेको प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।

कांग्रेस संसदीय दलले बैठक बहिष्कार गर्ने जानकारी सभामुखलाई गराएको छ । जसमा कांग्रेसले सर्वोच्च अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानूनको बेवास्ता गरिएको भन्दै असंवैधानिक क्रियाकलापहरुप्रति असहमति रहेको उल्लेख गरेको छ ।

सर्वोच्चले मुख्यमन्त्री अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई नियमित कार्य सञ्चालनबाहेकका काम र दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न अन्तरिम आदेश दिएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि अदालतबाट कुनै निर्णय नआएसम्म संसदीय गतिविधिमा सहभागी नहुने जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७