कोशीका मुख्यमन्त्रीले वैशाख २५ भित्र विश्वासको मत नलिए नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने


७ बैशाख २०८१, शुक्रबार
kedar karki

मोरङ । कोशी प्रदेशसभामा संकल्प प्रस्ताव पारित भएसँगै मुख्यमन्त्री केदार कार्कीले राजीनामा दिनुपर्ने एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीका नेताहरूले बताएका छन् ।

कोशी प्रदेशसभापछि कोशी प्रदेश माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले अल्पमतमा परेको सरकारले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताए । बैठकमा मुख्यमन्त्रीले संविधान अनुसार नै अघि बढ्ने बताएकाले ३० भित्र विश्वासको मत लिने विश्वास व्यक्त गरे । ३० दिनभित्र विश्वासको मत नलिए मुख्यमन्त्री कार्की पदमुक्त हुने र नयाँ सरकार गठनको आह्वान हुने उनले बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले अबको ३० दिनसम्म विश्वासको मतका लागि पर्खने र सोही अवधिमा विश्वासको मत नलिए मार्ग प्रशस्त गर्न थप दबाब दिने बताए । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन्न भन्न नपाउने भन्दै उनले विश्वासको मत लिन नसके राजीनामा दिनुपर्ने उनले बताए ।

त्यस्तै एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीले विश्वासको मत वा राजीनामा दिएर ३० दिनभित्र मार्ग प्रसस्त गर्नुपर्ने बताए। संकल्प प्रस्ताव बहुमतले पारित भएसँगै मुख्यमन्त्रीलाई संवैधानिक एवं कानुनी दबाब परेको र मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे । त्यसअघि शुक्रबार नै बसेको कोशी प्रदेशसभा बैठकमा मुख्यमन्त्री केदार कार्कीले वैशाख २६ गते सम्ममा विश्वासको मत लिइसक्नुपर्ने सहितको संकल्प प्रस्ताव बहुमतले पारित गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७