आन्दोलनमा भएको क्षतिको भन्दै जरिवाना तिर्न राप्रपालाई महानगरको पत्र


७ बैशाख २०८१, शुक्रबार
raprapaa

काठमाडौं । राप्रपाले हालै काठमाडौंमा गरेको आन्दोलनका क्रममा सरकारी सम्पत्तिमा क्षति भएको भन्दै काठमाडौं महानगरपालिकाले जरिवाना तिर्न राप्रपालाई पत्र पठाएको छ ।

महानगरले आन्दोलनका क्रममा विभिन्न स्थानमा ट्राफिक आइल्याण्डमा क्षति पुगेको भन्दै त्यसको २२२.८१ रुपैयाँ भर्पाइ गर्न पत्र पठाएको छ । यस्तै फोहोरमैला गरेकाले ५ हजार जरिवाना तिर्न पनि महानगरले पत्र पठाएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने महानगरले तोकेको जरिवाना पार्टीले नतिर्ने बताएका छन् । उनले भने, ‘हाम्रो महानगर त्यति गरिब छैन, त्यो २२२ रुपैयाँ महानगर आफैले तिर्छ ।’

r

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७