सनराइजर्ससँग दिल्ली क्यापिटल्स पराजित


९ बैशाख २०८१, आईतवार
srh1713659699

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गए राति भएको खेलमा सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २६६ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको दिल्ली १९.१ ओभरमा १९९ रन बनाउँदै अलआउट भएपछि हैदरावादले ६७ रनको जित निकालेको हो । हैदरावादका लागि ट्राभिस हेडले ८९ रन जोडे भने अभिसेक शर्मा ४६ रनमा आउट भए ।

त्यस्तै एडन मारकरम १ रनमा आउट हुँदा हेनरिक क्लासेन १५ रन बनाउँदै पेभेलियन फर्किए । त्यस्तै नितिश कुमार रेड्डी ३७ रन बनाउँदै पेभेलियन फर्किए भने अब्दुल समाद १३ रनमा आउट भए भने प्याट कमिन्स १ रनमै पेभेलियन फर्किए । सहबाज अहमदले ५९ तथा वासिङ्टन सुन्दर शून्य रनमा नटआउट रहे ।

बलिङतर्फ दिल्लीका कुलदीप यादवले ४ विकेट लिए । त्यस्तै मुकेश कुमार र अक्षर पटेलले १-१ विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको दिल्लीका पृथ्वी सले १६ रन जोड्दा डेभिड वार्नर १ रनमा आउट भए । त्यस्तै जे एफ माकगर्नले ६५ तथा अविशेक पोरेलले ४२ रन जोडे । त्यस्तै त्रिस्तान स्टबसले १० तथा रिशब पन्तले ४४ रन जोडे ।

त्यस्तै ललित यादवले ७, अक्षर पटेलले ६ रन जोड्दा एनरिक नोर्टजे, कुलदीप यादव र मुकेश कुमारले कुनै पनि रन जोड्न सकेनन् । बलिङतर्फ हैदरावादका टी नगराजनले ४ विकेट लिए भने मयंक मार्कन्डे र नितिश कुमार रेड्डीले २-२ विकेट लिए । त्यस्तै वासिङ्टन सुन्दर र भुवनेश्वर कुमारले १-१ विकेट लिए । यससँगै ७ खेलमा ५ जित निकालेको हैदरावाद अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने ८ खेलमा ३ जित निकालेको दिल्ली अंकतालिकाको सातौँ स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७