काभ्रेमा सुमो दुर्घटना, चालकसहित १० जना घाइते, तीनको अवस्था गम्भीर


१२ बैशाख २०८१, बुधबार
acc 2

काठमाडौं । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–५, कात्तिके देउरालीबाट दोलालघाटतर्फ आउँदै गरेको सुमो बुधबार बिहान दुर्घटनामा परेको छ ।

ना १ ज ६२९१ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट ३५ मिटर तल खस्दा चालकसहित १० जना घाइते भएका प्रहरीले जनाएको छ । उनीहरूलाई उपचार प्राथमिक स्वास्थ्य केन्द्र कोलाती पठाइएको छ । घाइतेमध्ये तीन जना महिलाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७