कर्णाली सरकारमा माओवादीबाट हुम्लाका रणसिंह परियार मन्त्री बन्दै

सरकारलाई विश्वासको मत दिने संसदीय दलको निर्णय


१२ बैशाख २०८१, बुधबार
ranashingh

सुर्खेत । रणसिंह परियारको नेतृत्वमा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ । माओवादी प्रदेश सभा दलका प्रमुख सचेतक रहेका परियारलाई बुधबार नै मन्त्री बनाउने संसदीय दलले निर्णय गरेको छ ।

मन्त्रालय भने टुङ्गिएको छैन । यस्तै दलको बैठकले बिहीबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत दिने निर्णय पनि गरेको माओवादीका सांसद कृष्णबहादुर जिसीले जानकारी दिए । यस्तै बुधबार बसेको माओवादी संसदीय दलको वैठकले मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत दिने निर्णय गरेको सांसद कृष्ण बहादुर जिसीले जानकारी दिए ।

मुख्यमन्त्री कँडेलले बिहीबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । कर्णाली प्रदेशमा मंगलबार सत्तारुढ दलहरुबीच मन्त्रालय भागबण्डाको टुंगो लागेको छ । माओवादीले ४ र एमालेले मुख्यमन्त्रीसहित चार वटा मन्त्रालय लिने सहमति भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७