वेस्ट इण्डिज ‘ए’ टिमलाई फितलो स्वागत : टाटा सुमोमा लोड गरियो लगेज, व्यापक आलोचना


१२ बैशाख २०८१, बुधबार
w

काठमाडौँ । बुधबार काठमाडौँ आइपुगेको वेस्ट इण्डिज ‘ए’ टिमको अपमान भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वेस्ट इण्डिजका खेलाडीको लगेज टाटा सुमोमा लोड गरिदै गरेको तस्वीर सामाजिक सञ्जालमा अहिले भाइरल भएको छ ।

west indig

नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इडिज जस्तो टिम आउदा फितलो व्यवस्थापन गरेको भन्दै आलोचना भएको छ । वेस्ट इण्डिज ‘ए’ टिम नेपालमा पहिलो पटक क्रिकेट खेल्न आएको र पहिलो पटकमै फितलो व्यवस्थापन गरेर क्यानले ठूलो लापरवाही गरेको भन्दै कारवाही माग समेत गरिएको छ ।

सामान्यतया विदेशी टिम आउदा राम्रो स्वागत गरिने र लगेज व्यवस्थापन पनि व्यवस्थित तरिकाले हुने गरेकोमा यस पटक क्यान चुकेको देखिएको छ । नेपालसँग ५ टी–२० खेलको सिरिज खेल्न रोस्टन चेजको कप्तानीमा १५ सदस्यीय वेस्ट इण्डिज ‘ए’ टिम काठमाडौँ आएको छ । यो सिरिज बैशाख १५ गतेदेखि शुरु हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७