आईपीएल : गुजरातमाथि दिल्लीको रोमाञ्चक जित


१३ बैशाख २०८१, बिहीबार
Delhi final BPKemfFb1A

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा दिल्लीले गुजरातलाई ४ रनले पराजित गरेको हो ।

दिल्लीले दिएको २२५ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै २२० रन बनाए पछि खेल ४ रनले हारेको थियो । यस अघि दिल्लीले पहिला ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाउँदै २२४ रन बनाएको थियो ।

यो यस सिजनमा दिल्ली क्यापिटल्सको चौथो जित हो । यो जितपछि दिल्लीको ९ खेलमा ४ जित र ५ हारसहित ८ अंक भएको छ र अंक तालिकामा छैटौं स्थानमा उक्लिएको छ । त्यस्तै गुजरातको पनि ९ खेलमा ४ जित र ५ हारसहित ८ अंक रहेको छ र सातौं स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७