इङलिस प्रिमियर लिग : लिभरपुललाई उपाधि होडमा एभर्टनको धक्का


१३ बैशाख २०८१, बिहीबार

काठमाडौं । प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुलको उपाधिको होडमा गम्भीर धक्का लगाएको छ । गए राति भएको आफ्नो ३४औं खेलमा लिभरपुल उसको घरेलु मैदान गुडिसन पार्कमामा २–० ले पराजित भयो ।

लिभरपुललाई प्रशिक्षकको रूपमा योर्गेन क्लोपको अन्तिम डर्बीमा जितको खाँचो थियो र शीर्ष स्थानको आर्सनलसँग अंक बराबरी गर्ने अवसर पनि । तर, त्यसबाट लिभरपुल चुक्यो । एभर्टनको जीत २०१० पछि मर्सिसाइड डर्बीमा पहिलो घरेलु जीत हो । एभर्टनको जितमा जाराड ब्रान्थवेट र डोमिनिक काल्भर्ट लेविनले गोल गरे ।

लिभरपुलले पछिल्ला ९ खेलमा ४ मात्र जित हात परेको छ । ३४ खेल खेलेको लिभरपुलको ७४ अंक छ । समान खेल खेलेको आर्सनल ७७ अंक सहित शीर्षमा छ । ३२ खेल खेलेको साविक विजेता म्यानचेस्टर सिटी ७३ अंकका साथ तेस्रो स्थानमा कायम छ । गएा राति नै भएका अन्य खेलमा म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई ४–२ गोलले हराउँदा क्रिष्टल प्यालेसले न्युक्यासललाई २–० ले पराजित गर्‍यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७