श्रीमतिमाथि भ्रष्टाचार जाँच सुरु भएपछि स्पेनिस प्रधानमन्त्रीले रोके काम कारबाही


१३ बैशाख २०८१, बिहीबार
1714021446 pedro sanchej 1200x560 1

काठमाडौं । स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजले श्रीमतिविरुद्धको प्रारम्भिक जाँच सुरु भएपछि आफ्नो काम कारबाही रोकेका छन् । बीबीसीका अनुसार स्पेनको एक अदालतले प्रधानमन्त्री साञ्चेजको श्रीमति बेगोना गोमेजविरुद्ध भ्रष्टाचारसम्बन्धी जाँच सुरु गरेको छ ।

श्रीमतिविरुद्ध जाँच नसकेसम्म आफू पदमा रहने वा छोड्ने त्यसबारेमा सोचविचार गर्ने र जाँच अवधिभर सार्वजनिक कामकारही नगर्ने उनले बताएका छन् । गोमेजविरुद्ध भ्रष्टाचार विरोधी अभियन्ता मानोस लिम्पियासले उजुरी दिएपछि अदालतले कारबाही सुरु गरेको हो । स्पेनका प्रधानमन्त्री साञ्चेजले आफ्नो भविष्यलाई लिएर गरेको निर्णय २९ मेसम्म सार्वजनिक गर्ने पनि बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७