शपथ लिएको एक सातापछि बल्ल पाइन् नेकपा एसकी बेचीले मन्त्रालय


१३ बैशाख २०८१, बिहीबार
Bechi lungeli

जनकपुरधाम । मधेस प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादीबाट बेची लुङ्गेली श्रम तथा यातायात मन्त्री बनेकी छिन् । बुधबार मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले लुङ्गेलीलाई मन्त्रालयको जिम्मेवारी दिएकी हुन् ।

मुख्यमन्त्री यादवले चौथो पटक विश्वासको मत प्राप्त गरेपछि गत वैशाख ६ गते मन्त्रीपरिषद् बिस्तार गर्दै लुङ्गेलीलाई विना विभागीय मन्त्री बनाएका थिए । पछि उनलाई श्रम मन्त्रालयको जिम्मेवारी तोकिएको हो । उनले एक सातापछि आजदेखि पदभार सम्हालेकी छिन् ।

Bechu

वैशाख ४ मै माओवादी केन्द्रका मधेस प्रदेश संसदीय दलका नेता समेत रहेका भरतप्रसाद साहले पनि बिना विभागीय मन्त्रीको रूपमा शपथ लिएका थिए । तर हालसम्म पनि उनलाई कुनै जिम्मेवारी तोकिएको छैन । जनता समाजवादी पार्टी (जसपा) नेपालकै सांसद संजयकुमार यादवले सम्हालेको अर्थ मन्त्रालय आफूले पाउनुपर्न अडान लिएपछि उनको जिम्मेवारी टुंगो लगाउन मुख्यमन्त्रीलाई हम्मे हम्मे परेको स्रोत बताउँछ ।

स्रोतका अनुसार मुख्यमन्त्री यादवले आफू मातहत राखेका वन तथा वातावरण मन्त्रालय साहलाई दिन चाहेका छन् । यता मुख्यमन्त्रीले विश्वासको मत लिने बेला आफूलाई अर्थ मन्त्रालय दिने सहमति भएको बताउँदै आफूलाई अर्थ मन्त्रालय नै चाहिने अडानमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७