ढोलाहिटी घटना : विजय राई र राजु गुरुङ पुर्पक्षका लागि थुनामा


१३ बैशाख २०८१, बिहीबार
dholahiti ghatana

काठमाडौं । फागु पूर्णिमाको दिन ललितपुरको ढोलाहिटीमा दुई युवाको ज्यान जाने गरी भएको ग्याङ फाइटमा दुई जनालाई कारागार पठाउने र तीन जनासँग धरौटी माग्ने आदेश भएको छ ।

चक्कु प्रहार गरेको आरोप लागेका विजय राई र उनलाई भगाएको आरोप लागेका राजु गुरुङलाई ललितपुर जिल्ला अदालतले बिहीबार थुनामा पठाउने थुनछेक आदेश गरेको हो ।

शुलभ राई र विशाल हाङमुकारुङ राईसँग पाँच–पाँच लाख र छेन्विहाङ राईसँग ७ लाख रुपैयाँ धरौटी माग्ने आदेश भएको ललितपुर जिल्ला अदालतले जनाएको छ । चैत ११ गते राति ढोलाहिटीको डी–पपिना रेस्टुराँमा पाँचथरका २९ वर्षीय पुजन राई र सुनसरीका २८ वर्षीय रेवश राईको हत्या भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७