सेनाले माग्यो प्राविधिकतर्फ ३१९ सैनिक कर्मचारी (सूचनासहित)


१४ बैशाख २०८१, शुक्रबार
Nepal army HQ

काठमाडौं । नेपाली सेनाले प्राविधिक- हवाई-विविध सेवातर्फ पादिक तथा विल्लादार पदहरूका लागि दरखास्त आह्वान गरेको छ । जंगी अड्डाले शुक्रबार सूचना प्रकाशित गर्दै ती क्षेत्रमा ३१९ जना सैनिक कर्मचारी माग गरेको हो ।

सेनाले नर्सिङ, सिभिल तथा आर्किटेक्चर, सूचना प्रविधि, मेडिकल, डेण्टल देखि ग्राउण्ड ह्याण्डलिङ र एभिएसन बन्दोबस्ती तथा प्राप्ति उपसमूहतर्फ विभिन्न संख्यामा कर्मचारी मागेको हो । सेनाले जारी गरेको सूचनाअनुसार अमलदार कर्मचारी पदमा १४७ जना मागेको छ । विभिन्न पदमा विभिन्न संख्यामा सैनकि कर्मचारीको माग गरिएको छ ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले जेठ १२ गतेसम्म नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा उपस्थित भई तथा सेनाको वेभसाइटमार्फत दरखास्त दिन सक्ने जनाइएको छ । दरखास्त दस्तुर प्राबिधिक सुबेदारका लागि ४ सय रूपैयाँ, प्राबिधिक र लेखा जमदारका लागि ३ सय र पण्डित हुद्धालगायत अन्य पदका लागि २ सय रूपैयाँ तोकिएको छ ।
हेर्नुस् सूचना

a 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७