रेशमसँगको तस्वीर ‘शेयर’ गर्दै रञ्जिताले लेखिन्–‘लभ यु’ राजा


१४ बैशाख २०८१, शुक्रबार
resham ranjita

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले पति रेशम चौधरीसँगको तस्वीर सामाजिक सञ्जालमा शेयर गर्दै आफ्नो परिवारमा कुनै पनि समस्या नरहेको बताएकी छन् । उनले राजनीतिक असमझदारीहरु भए पनि आफ्नो परिवारमा कुनै समस्या नरहेको दाबी गर्दै चिन्ता र चासो गर्नेहरूप्रति आभार व्यक्त गरेकी छन् ।

उनले लेखेकी छिन्, ‘परिवारमा कुनै समस्या छैन । समस्या छ त तपाईंहरूको द्वैध चरित्र अनि व्यवहारमा ।’ केही दिनअघि रेशमले श्रीमती रञ्जितासँग निर्णायक वार्ता गर्न आफू काठमाडौं आउँदै गरेको सामाजिक सञ्जालबाट जानकारी गराएका थिए ।

सामाजिक सञ्जालबाटै उनले मिल्दा मनैदेखि मिल्न र छुट्टिने नै भए पनि जग नहँसाएर छुट्टिन प्रस्ताव गरेका थिए । सत्ता सहकार्यबारे रेशम–रञ्जिताबीच कुरा नमिलेपछि नाउपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो । उनीहरूकै विवादका कारण सुदूरपश्चिममा सरकारहरू ढल्न पुगेको थियो भने नाउपाले हातमै परेको मुख्यमन्त्री पद समेत गुमाउनु परेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७