डोटीमा एक पुरुष खोल्सामा मृत फेला


१७ बैशाख २०८१, सोमबार
death
सांकेतिक तस्वीर

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ । जोरायल गाउँपालिका–६ दह स्थित बाटो नजिक सोही ठाउँ बस्ने ६४ वर्षीय यज्ञबहादुर छेडाल आइतवार मृत अवस्थामा फेला परेका हुन् ।

दहदेखि होलिसैन जाने गोरेटो बाटोदेखि अन्दाजी २५ फिट तल खोल्सोमा छेडाल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । यस सम्बन्धमा इलाका प्रहरी कार्यालय बिपिनगर डोटीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७