इलाममा सुहाङलाई २,६१८ मतको अग्रता, १४ वडाको मत गनिसक्दा अरु कसको कति ?


१७ बैशाख २०८१, सोमबार
suhang first 3

इलाम । इलामको उपचुनाव अन्तर्गत जारी मत गणनामा नेकपा (एमाले) ले अग्रता कायमै राखेको छ । फाकफोकथुम, चुलाचुली गाउँपालिका पूरै र माङ्सेबुङ गाउँपालिकाको वडा नम्बर १ को मत गनिसक्दा (एमाले उम्मेदवार सुहाङ नेम्वाङले ८,८९८ मत प्राप्त गरेका छन् ।

उनले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई २,६१८ मतले पछि पारेका हुन् । कांग्रेसका खड्काले ६ हजार २८० मत प्राप्त गरेका छन् । यो इलाम क्षेत्र २ अन्तर्गत फाकफोकथुम र चुलाचुली गाउँपालिकाको गणना सकिँदाको परिणाम हो । यसैगरी, स्वतन्त्र उम्मेदवरा डकेन्द्रसिंह थेगिमले ४,६३४ मत र राट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलनकुमार योङहाङ लिम्बूले एक हजार ३०५ मत प्राप्त गरेका छन् ।

यसैबीच अहिले मत गनिरहेको माङ्सेबुङको वडा नम्बर एकमा नेपाली कांग्रेसले झिनो मतले अग्रता लिएको छ । कांग्रेले ४३६ मत प्राप्त गरेको छ । त्यस्तै एमालेले ४११ मत प्राप्त गरेको छ । स्वतन्त्र उम्मेदवार थेगिमले ३७२ मत प्राप्त गरेका छन् । त्यहाँ रास्वपाका उम्मेदवारले ३६ मत प्राप्त गरेका छन् ।

२०७९ को स्थानीय तह निर्वाचनमा छ वटा वडा रहेको चुलाचुलीका पाँच वटा वडा नेपाली कांग्रेसले जितेको थियो । अहिलेसम्म गणना भएका सबै वडामा कांग्रेस पछि परेको छ । इलाम २ मा शनिबार उपनिर्वाचन भएको थियो । यहाँ एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले शनिबार मतदान गरेका थिए ।

२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए । त्यस बेला खड्का तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७