बझाङ अपडेट : १७ वडाको मत गन्न बाँकी, एमाले भन्दा कांग्रेस २५३ मतले अगाडि


१७ बैशाख २०८१, सोमबार
bajhang chunab

बझाङ । बझाङमा तीन गाउँपालिकाका १७ वडाको मत गणना बाँकी रहँदा नेपाली कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । अहिले मष्टा गाउँपालिकाको मत गणना भइरहेको छ ।

अहिलेसम्मको मत परिणाम अनुसार कांग्रेसका अभिषेक सिंह २५३ मतले अगाडि छन् । उनले ८,२२७ मत र एमालेका दमन भण्डारीले ७,९७४ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३,०३३ मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २,१७१ मत ल्याएका छन् । छबिसपाथिभेराबाट गणना शुरू भएकोमा प्रारम्भिक परिणाममा बझाङमा एमालेले अग्रता लिएको थियो ।

खप्तडछान्ना गाउँपालिका बाट निरन्तर मतान्तर घटाउँदै सुर्मा गाउँपालिकामा आइपुग्दा कांग्रेसले अग्रता लिएको थियो । अब मष्टाकै बाँकी वडा र तल्कोट गाउँपालिका र साइपाल गाउँपालिकाको मात्रै मतगणना बाँकी छ । शनिबारको मतदानमा ३० हजार ३२८ जनाले मतदान गरेका थिए । २०७९ मा भएको निर्वाचनमा कांग्रेसका पृथ्वीबहादुर सिंहले १७ हजार ११२ मत ल्याएर जितेका थिए । यहाँ एमालेका उम्मेदवार अफिलाल ओखेडाले १३ हजार ३३६ मत ल्याएका थिए । त्यस बेला यहाँ तत्कालीन सत्ता गठबन्धनबाट कांग्रेसका सिंह साझा उम्मेदवार थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७