मुम्बईमाथि कोलकाता २४ रनले विजयी


२२ बैशाख २०८१, शनिबार
kolkata2024 05 04 06 05 02

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा कोलकोताले मुम्बईलाई २४ रनले पराजित गरेको हो । कोलकाताले दिएको १७० रनको लक्ष्य पछ्याएको मुम्बईले १८.५ ओभरमा १४५ रन बनाएर अल आउट भएपछि खेल कोलकाताले २४ रनले जितेको थियो ।

यसअघि कोलकोताले पहिला ब्याटिङ गर्दै १९.५ ओभरमा अल आउट हुँदै १६९ रन बनाएको थियो । यो कोलोताको यस सिजनमा सातौं जित हो । १० खेलमा ७ जित र ३ हारसहित कोलकोताको १४ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै मुम्बईको भने यो यस सिजनमा आठौँ हार हो । ११ खेलमा केवल ३ खेल जितेको मुम्बईको ६ अंक रहेको छ र प्लेअफको दौडबाट बाहिरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७