प्रधानन्यायाधीशमा जोशी सर्वसम्मत सिफारिस


२९ जेष्ठ २०७५, मंगलवार
Deepakraj joshi 20180612121145

काठमाडौं, २९ जेठ । सम्बैधानिक परिषद्को आज (मंगलबार) को बैठकले कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मतरुपमा जोशीको नाम सिफारिस गरेको हो ।Deepakraj joshi 20180612121145

परिषद्ले जोशीको नाम संसदीय सुनुवाई विशेष समितिमा सुनुवाईका लागि पठाएको छ । सुनुवाई समितिबाट नाम पारित भएपछि मात्र राष्ट्रपतिबाट नियुक्ति र सपथ हुने सम्बैधानिक व्यवस्था छ । तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिएपछि गत फागुन मसान्तदेखि जोशी कामु प्रधानन्यायाधीश बनेका थिए ।

तनहुँका जोशी २०४८ सालमा कानुन व्यवसायीबाट तत्कालिन पुनरावेदन अदालतको न्यायाधीश हुँदै सेवा प्रवेश गरेका थिए । न्यायपरिषद्ले यसअघि मर्यादाक्रममा सबैभन्दा वरिष्ठ रहेका जोशीसहित सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्र र चोलेन्द्रशम्शेर जबरालाई प्रधानन्यायाधीशका लागि नाम पठाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७