अाजकाे राशिफल-वि.सं. २०७५ साल जेठ ३० गते।


३० जेष्ठ २०७५, बुधबार
rashifal today

पञ्चाङ्ग

वि.सं. २०७५ साल जेठ ३० गते। बुधबार। इश्वी सन् २०१८ जुन १३ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३८ अनलागा। अधिक ज्येष्ठ कृष्णपक्ष। तिथि– औंसी, २६:०० बजेउप्रान्त प्रतिपदा। नक्षत्र– रोहिणी, १७:२४ बजेउप्रान्त मृगशिरा। योग– धृति, ९:५४ बजेउप्रान्त शूल। करण– चतुष्पद, १५:०४ बजेदेखि नाग, २६:०० बजेउप्रान्त किंस्तुघ्न। आनन्दादिमा शुभ योग। चन्द्रराशि– वृष, २८:४५ बजेउप्रान्त मिथुन। काठमाडौंमा सूर्योदय– ५:०९ बजे, सूर्यास्त– १८:५९ बजे र दिनमान ३४ घडी ३३ पला। दर्शश्राद्ध। हलो तथा निशी बार्ने औंसी। अधिकमास तथा अपूपदान समाप्ति। मत्स्यनारायण मेला समाप्ति।

मेष

ic sodiac 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) घरमा अतिथीको आगमन हुनेछ । रोकिएको धन हात पर्ला । राजनैतिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ ।

बृष

ic sodiac 2

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ ।

मिथुन

ic sodiac 3

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ । प्रेममा विवाद रहला । स्वास्थ्यमा समस्या आउला । आफूलाई कमजोर भएको अनुभूतिहुनेछ ।

कर्कट

ic sodiac 4

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) वित्तिय संस्थाबाट सहयोग पाईनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । मान प्रतिष्ठामा बृद्धि होला । समाजिक कार्यमा मन जाला । पराक्रम बढ्नेछ ।

सिंह

ic sodiac 5

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो होला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ ।

तुला

ic sodiac 7

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बन्न लागेको काम विग्रिनेछ । आफ्नो अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । समयको सदुपयोग नहोला । सरकारी निकाएको भय रहला ।

कन्या

ic sodiac 6

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभकार्यको चर्चा चल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । व्यापार व्यवसायमा फाईदा होला ।

बृश्चिक

ic sodiac 8

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । कला र गलाको प्रभाव बढ्नेछ ।

धनु

ic sodiac 9

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) वैदेशिक कार्य अघि बढ्नेछ । धार्मिक यात्राको योगछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । सामाजिक कार्यमा मन जानेछ ।

मकर

ic sodiac 10

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

 

कुम्भ

ic sodiac 11

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । प्रेममा मतभेद बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

मीन

ic sodiac 12

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अतिथीको आगमन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापार व्यवसायबाट लाभ हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७