दलहरुले समानुपातिकतर्फ संशोधनसहितकाे बन्दसूची बुझाए


१२ कार्तिक २०७४, आईतवार
uml congress and moist

काठमाडौँ : राजनीतिक दलहरुले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारको बन्दसूची संशोधन गरी पेश गरेका छन् ।uml congress and moist

गत असोज २९ गते निर्वाचन आयोगमा समानुपातिकतर्फ बन्दसूची बुझाएका अधिकांश राजनीतिक दलहरुले बन्दसूची संशोधन गरी आयोगमा बुझाएको निर्वाचन अधिकृत एवं निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले जानकारी दिए ।

निर्वाचन आयोगले निर्वाचन कानूनबमोजिम बन्दसूची संशोधन गर्न यही कात्तिक ६ गतेदेखि आजसम्मको समयसीमा प्रदान गरेको थियो ।

समानुपातिक निर्वाचनका लागि प्रतिनिधि सभातर्फ ४९ दलले उम्मेदवारको बन्दसूची बुझाएका थिए । निर्वाचन आयोगले कात्तिक १७ गते उम्मेदवारको बन्दसूची सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । बन्दसूची सच्याउने क्रममा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतका दलहरु आज अपराह्न निर्वाचन आयोग पुगेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७