राष्ट्रिय वाणिज्य बैंकको लिखित परीक्षाको नतिजा प्रकाशन (नतिजासहित)


७ असार २०७५, बिहीबार
Rastriya bank

काठमाडौं, ७ असार । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदहरुमा लिएको खुला प्रतिष्पर्धात्मक लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
लोकसेवा आयोगले सञ्चालन गरेको वरिष्ठ सहायक, वरिष्ठ सहायक (कम्प्युटर अपरेटर) पदको लिखित परीक्षाको नतिजा बैंकले आज (बिहीबार) सार्वजनिक गरिएको हो ।Rastriya bank

वरिष्ठ सहायक (नगद) मा खुला, महिला, आदिबासी, मधेसीलगायतमा ३० सिटका लागि दरखास्त आह्वान भएकोमा ९० जना लिखित परीक्षामा सफल भएका छन् । ६ जनाको वरिष्ठ सहायक (कम्प्युटर अपरेटर) को लिखित परीक्षामा भने ७ जना मात्रै उत्तीर्ण छन् ।

दलित आरक्षण सिटमा कोही पनि सफल भएनन् । दलित आरक्षणतर्फ एक जना माग गरिएको थियो । लिखित परीक्षाको नतिजामा सफल भएका परीक्षार्थीलाई बैंकले अन्तरवार्तामा सहभागी हुन आह्वान गरेको छ । बैंकका अनुसार अन्तरवार्ता असार २८ देखि ३१ गतेसम्म सञ्चालन हुनेछ ।

यस्तो छ नतिजा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७