विदेशमा जेल परेकाको मुद्दा सरकारले लड्ने, वैदेशिक रोजगारीका सबै काम अब अनलाइनबाट


१३ असार २०७५, बुधबार
gokarna bista

काठमाडौं, १३ असार । सरकारले अब वैदेशिक रोजगारीसम्बन्धी सबै काम अनलाइनबाट गर्ने भएको छ । सरकारले आउँदो २० दिनभित्रै वैदेशिक रोजगारीसम्बन्धी सबै सेवा अनलाइनबाटै दिने तयारी थालेको छ ।gokarna bista

यस्तै वैदेशिक रोजगारीकै शिलशिलामा विभिन्न मुद्दामा जेल परेकाहरुको मुद्दा सरकार आफैले लड्ने भएको छ । श्रममन्त्री गोकर्ण विष्टले प्रतिनिधि सभामा सम्बोधन गर्दै आगामी २० दिनभित्र वैदेशिक रोजगारसँग सम्बन्धित सबै सेवाहरु अनलाइनबाटै प्रवाह हुने घोषणा गरेका छन् ।
उनले कुटनीतिक नियोग, श्रम कार्यालय, वैदेशिक रोजगार विभाग, मेनपावर कम्पनी, इन्स्योरेन्स कम्पनीहरुलाई अनलाइनबाट जोड्न लागेको जानकारी गराए ।

यसले ठगी नियन्त्रण तथा सेवा प्रवाहमा गुणस्तर आउने श्रममन्त्री बिष्टले दावी गरेका छन् । विदेशमा बिभिन्न मुद्दा लागेका नेपाली कामदारहरुको मुद्धा समेत अब सरकारले नै लडिदिने भएको छ । सरकारले वैदेशिक रोजगारीका क्रममा बिभिन्न देशका जेलहरुमा रहेका नेपालीहरुको मुद्दा लड्ने व्यवस्था मिलाउन लागेको हो । हाल बिभिन्न मुलुकका जेलहरुमा ३३५ जना नेपाल छन् ।baidesik DkWvj9Jq6q

चालु आर्थिक बर्षमा मात्रै १८ वटा देशमा ७७७ जना नेपालीले ज्यान गुमाएका छन् । हालसम्म ६ हजार ६५९ नेपालीले विदेशमै ज्यान गुमाउन परेको छ । हालसम्म विदेशी अस्पतालमा २३ जना नेपाली कोमामा रहेका छन् । मन्त्री बिष्टले सात वटै प्रदेशमा श्रम कार्यालय स्थापित गरिसकेको जानकारी पनि गराएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७