पृथ्वी ध्वस्त हुँदैछ भन्ने हल्ला फैलाउने धार्मिक नेतालाई मृत्युदण्ड


२२ असार २०७५, शुक्रबार
Shoko Asahara leader Aum Shinrikyo Japan

काठमाडौं, २२ असार । पृथ्वी ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने एक धार्मिक नेतालाई मृत्यु दण्ड दिइएको छ । पृथ्वी ध्वस्त हुँदैछ भनि हल्ला फैलाउने र २३ वर्षअघि टोकियोको एक सब–वेमा विशालु ग्याँस आक्रमण गर्ने धार्मिक नेता आसहरालाई जापान सरकारले मृत्युदण्ड दिएको हो । उनीसहित ७ जनालाई टोकियोको हिरासतमा शुक्रबार बिहान मृत्युदण्ड दिइएको जापानी सञ्चारमाध्यमकहरुले जनाएका छन् । Shoko Asahara leader Aum Shinrikyo Japan

आसहारा ब्रह्माण्ड ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने अम सिनरिक्यो समूहका नेता हुन् । उनी सन् १९९५ को २० मार्चमा टोकियोको एक सब–(वेमा स्नायू प्रणालीमा असर गर्ने विशालु ग्याँस आक्रमणका मुख्य योजनाकार हुन् । जापानको अहिलेसम्मकै हिंसात्मक मानिने उक्त आक्रमणमा १३ जनाको मृत्यु भएको थियो भने हजारौं घाइते भएका थिए ।

उक्त घटनामा संलग्न भएको भन्दै दर्जनौंलाई अभियोग लगाइएको थियो । उनीहरुमध्ये मुख्य योजनाकार आसहारा सहित १३ जनालाई मृत्युदण्डको सजाय सुनाइएको हो । अझै ६ जना मृत्युदण्डको मिति कुरेर बसेका छन् । अम सिनरिक्यो एक धार्मिक सम्प्रदाय हो । यसका संस्थापक सोको आसहारा हुन् । उनले आफूलाई जिसस क्राइस्ट र बुद्धपछि पहिलो पटक ‘ज्ञान पाएको’ दावी गर्दथे । सन् १९८९ मा जापान सरकारले अम सिनरिक्योलाई धार्मिक संस्थाको मान्यता दिएको थियो । अम सिनरिक्योको अर्थ ‘सर्वोच्च सत्य’ रहेको यसका अनुयायीहरु बताउँछन् ।

उसका अनुयायीहरू उल्लेख्य संख्यामा विश्वभर छरिएका थिए । तर जब आफूहरु बाहेक यो पृथ्वीमा रहेका सबै ध्वस्त हुँदैछन् भनेर यसले प्रचार थाल्यो, त्यसपछि बिस्तारै यो सानो संख्यामा खुम्चियो । सन् १९९५ को विशालु ग्याँस आक्रमणपछि अम सिनरिक्यो भूमिगत भयो । त्यसपछि यसले आफ्नो नाम परिवर्तन गरेर ‘एलेफ’ र ‘हिकारी नोवा’ राख्यो ।

अमेरिका लगायतका देशहरुले अम सिनरिक्योलाई आतंकवादी समूहको सूचिमा राखेका छन् । तर, जापानमा ‘एलेफ’ र ‘हिकारी नोवा’ दुवै समूह वैध छन् । तर यी दुवै धार्मिक समूहलाई खतरनाक भनेर जापान सरकारले सुक्ष्म निगरानी गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७