मुस्ताङमा टिपर खस्दा १५ सडक मजदुरको मृत्यु


२२ असार २०७५, शुक्रबार
0 Shares
Mustang

मुस्ताङ, २२ असार । मुस्ताङको स्याङ्बोचेमा सडक निर्माण गर्ने मजदुर चढेको ट्रिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । मुस्ताङको स्याङ्बुचेमा सडक निर्माणको काम गरिरहेका मजदुर बोकेको बा २ख २२१९ नम्बरको टिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको हो ।

Mustang

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले १५ जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरे। उनका अनुसार घाइतेलाई उद्दार गर्न काठमाडौंबाट हेलिकप्टर घटनास्थलतर्फ गरेको छ। उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३, मा कालीगण्डकी करिडोरअन्तर्गत भेनादेखि झैतेसम्म पर्ने स्याङबुचेमा खाना खाएर तामाखोलामा काम गर्न जाने बेलामा टिपर दुर्घटना भएको पौडेले बताए ।

मुस्ताङका प्रहरी प्रमुह डिएसपी महेन्द्र खड्काले दिएको जानकारी अनुसार बाटो बनाउने कामदार बोकेको साढे २ बजेतिर अनियन्त्रित भएर सडकबाट ४० मिटर तल खसेको थियो।

jagdamba.cement
rbbbb

दुर्घटनाका १६ घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको उद्धारका लागि हेलिकोप्टर मगाइएको पनि प्रहरीले जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७