पर्यटन मन्त्रालयको विज्ञ समूहबाट श्रेष्ठलाई हटाइयो


२४ असार २०७५, आईतवार
rabindra1

काठमाडौं, २४ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन क्षेत्रको विज्ञ समूह (थिङ ट्याङ्क ग्रुप) को सूचीबाट हरिभक्त श्रेष्ठलाई हटाएको छ । rabindra1

उक्त विज्ञ समूहमा एटिएम र हवाई कानून विषयमा विज्ञ श्रेष्ठको मनोनयन सम्बन्धमा केही सञ्चार माध्यममा प्रकाशित समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै श्रेष्ठलाई विज्ञ सूचीबाट हटाइएको हो । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै मन्त्रीस्तरको आजको निर्णयअनुसार निज श्रेष्ठको नाम विज्ञ सूचीबाट हटाइएको जानकारी गराएको छ ।

नेपालको नागरिक उड्डयनको विभिन्न विषयहरुमा विज्ञता हासिल गरेका महानुभावहरुको ज्ञान, सीप, दक्षता र अनुभवलाई प्रयोग गर्ने उद्देश्यका मन्त्रालयले गत चैत २५ को निर्णयबाट यस क्षेत्रको विज्ञ समूह गठन गरेको थियो । नागरिक उड्डयनका क्षेत्रमा आवश्यक परेका बखत तोकिएका निश्चित क्षेत्रमा सुझाव तथा राय परामर्श दिने प्रमुख जिम्मेवारी रहेको उक्त समूह अवैतनिक तथा अन्य कुनै किसिमको व्ययभार नेपाल सरकारलाई नपर्ने गरी गठन गरिएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

लाउडा काण्डका आरोपितलाई विज्ञ समूहमा नियुक्ति गरेको भन्दै विभिन्न सञ्चार माध्यममा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको आलोचना भएको थियो । बहुचर्चित लाउडा विमान भ्रष्ट्राचार प्रकरण काण्डमा दोषी ठहर गरिएका अभियुक्त हरिभक्त श्रेष्ठलाई तत्कालीन शाही नेपाल वायु सेवा निगमको अध्यक्ष हुँदा बेलायतको लाउडा एयरको विमान भाडामा लिने सम्झौता गरेको आरोप लागेको थियो ।

निगमसँग आफ्नै विमान रहेको र चाइना साउथ वेष्टर्नसँग भाडामा लिने सम्झौता भइसकेको अवस्थामा थप विमान नचाहिने भन्दै तत्कालीन अवःथामा संसद्मै हंगामा भएको थियो । यो काण्डबाट निगमले झण्डै दुई अर्ब नोक्सान बेहोर्‍यो । विसं २०५७ मा निगम र अष्ट्रियाको लाउडा एयरबीच विमान भाडामा लिने सम्झौता गरेका श्रेष्ठमाथि लाउडा विमान भाडा प्रकरणमा अख्तियारले ३८ करोड ९७ लाख ६७ हजार ३१ बिगो र जरिवाना मागदाबी गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७