प्रियंका र आयुष्मानले परिवारको सहभागीतामा गरे इन्गेजमेन्ट


३० असार २०७५, शनिबार
Priyanka and aushman deshraj

काठमाडौं, ३० असार । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गरेका छन् । विगत डेढ बर्षदेखि प्रेममा रहेको जोडी नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले परिवारको मात्र सहभागीता शनिबार इन्गेजमेन्ट गरेका हुन् ।Priyanka and aushman deshraj

उनीहरुले मिडियालाई थाहा नदिई इन्गेजमेन्ट गरेको हो । उनीहरुको इन्गेजमेन्टमा कार्की र देशराज परिवार मात्र उपस्थित थिए । तर, आयुष्मानकी आमा रविना देशराज जोशीको इन्स्टाग्रामबाट तस्बिर बाहिरिएको छ । इन्गेजमेन्टको टिकाटाले गर्दै गर्दा दुबैको परिवार खुशी देखिएका छन् । रविनाले प्रियंकाको पछाडि जोशी समेत थपिदिएकी छिन् ।

त्यस्तै पूर्व मिस नेपाल जेनिसा मोक्तानले पनि प्रियंका र आयुष्मानको फोटो सेयर गर्दै बधाई दिएकी छन् । पारिवारिक समारोहबीच इन्गेजमेन्ट गरेका यी दुईले बिवाह कहिले गर्छन भन्ने बारे भने खुलाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७