डा.केसीको समर्थनमा चिकित्सकहरुले बिरामीको उपचार नगर्ने, अस्पतालका सेवा ठप्प पार्न अपिल


३२ असार २०७५, सोमबार
doctor

काठमाडौं, ३१ असार : नेपाल चिकित्सक संघले साउन ३ गतेबाट देशभरका सबै अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको छ ।.डा गोविन्द केसीको मागप्रति ऐक्यबद्धत जनाउँदै संघले यो निर्णय गरेको हो । संघले बिहिबारबाट देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्यसंस्थाहरुमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चित कालका लागि बन्द गर्ने निर्णय गरेको हो ।

 

doctor

 

सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चित कालका लागि बन्द गर्न अपिल समेत गरेको छ ।  संघका महासचिव डा. लोचन कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साउन ३ गते बिहीबार विहानै देखि देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्यसंस्थाहरुमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चित कालका लागि बन्द गरिने निर्णय भएकोले सो अनुुसार गर्नुु गराउनुु हुन नेपाल चिकित्सक संघका सम्पूूर्ण शाखाहरु एवं देशभरका सम्पूूर्ण स्वास्थ्य संस्था, चिकित्सकहरु, स्वास्थ्यकर्मीहरु एवं स्वास्थ्यसंस्था आवद्ध कर्मचारीहरुमा यसै विज्ञप्ती मार्फत हार्दिक अपिल गरिन्छ ।’

सरकारले डा. के.सी.को जीवनरक्षाका लागि कुनै चाँसो नदेखाएको संघको आरोप छ । भनेको छ, ‘आमरण अनसनको १७ औं दिनसम्म नेपाल सरकारले गम्भिरता प्रदर्शन नगर्नु, जीवन रक्षाका लागि कुनै पनि कदम अगाडी नबढाउनु, चिकित्सक, स्वास्थ्यकर्मी तथा सर्वसाधारण नागरिकहरुले देखाएको ऐक्यबद्धता, धैर्यता र शान्तिपूर्ण आवाजलाई सम्बोधन नगर्नु जस्ता गम्भिर प्रकारका गतिविधिले नेपाल चिकित्सक संघ डा. गोविन्द के.सी.को जीवन रक्षाका लागि आजैको मितिदेखि लागू हुने गरी ४८ घण्टा भित्र नेपाल सरकारलाई अविलम्ब वार्ताटोली बनाई डा. के.सी.को जीवन रक्षा गर्न जोडदार माग गर्दछ ।’

 

विज्ञप्तिको पूर्णपाठ :-

 

NAM Press Note

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७