निषेधित माइतीघर मण्डलामा नेविसंघको प्रदर्शन, प्रहरीद्वारा लाठी प्रहार


१ श्रावण २०७५, मंगलवार
nebi 1

काठमाडौं, १ साउन । सरकारको विरोधमा सरकारले निषेध गरेको राजधानीस्थित माइतीघर मण्डलामा प्रदर्शनी गरिरहेका नेविसंघ कार्यकर्तामाथि प्रहरीले लाठी प्रहार गरेको छ ।nebi 1

केपी ओली नेतृत्वको सरकारले अधिनायकवाद लाद्न खाजेको आरोप लगाउँदै नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले मंगलबार राजधानीमा प्रदर्शन गरेको छ ।

सरकारले डा. गोविन्द केसीको माग पूरा गर्न चासो नदिएकोलगायतका अरोपसहित सरकारको विरोधमा नेविसंघले प्रदर्शन गरेको हो । माइतीघरमा भेला भएर नाराबाजीसहित संघीय संसद भवन नयाँ वानेश्वरतर्फ अघि बढेका नेविसंघका कार्यकर्ताले निषेधित क्षेत्र ोड्ने प्रयास गरेपछि केहिबेर प्रहरीसँग झडप समेत भएको थियो । सो क्रममा प्रहरीले लाठीचार्ज गर्दा केहि नेविसंघका कार्यकर्ता घाइते समेत भएको बताइएको छ । nebi 1 1

पछिल्लो समय सरकारविरुद्ध कांग्रेस र उसका भातृ संगठन सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुँदै आएको छ । कांग्रेसले केहिअघि बैठकबाटै सडक र सदनबाट सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने नीतिसहितको निर्णय गरेको थियो । कांग्रेसले केहि दिनयता लगातार संसद वैठक समेत अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७