एशियन गेम्स : नेपाल आज साँझ जापानसँग खेल्दै


२९ श्रावण २०७५, मंगलवार
nepali football teamनेपाली फुटबल टोली एसियन गेम्स तयारीका लागि थाइल्याण्ड प्रस्थान 1

काठमाडौं, २९ साउन । इन्डोनेशियामा हुने १८ औं एशियन गेम्सअन्तर्गत पुरुष फुटबलमा नेपालले आज साँझ जापानसँग खेल्दैछ ।

nepali football teamनेपाली फुटबल टोली एसियन गेम्स तयारीका लागि थाइल्याण्ड प्रस्थान 1
फाइल फोटो

नेपाल र जापानबीचको खेल इन्डोनेशियाको सिकाराङस्थित विबावामुक्ति रङ्गशालामा नेपाली समयानुसार साँझ पौने ७ बजे शुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

इन्डोनेशियामा आगामी भदौ २ देखि औपचारिक रुपमा उद्घाटन हुने १८ औँ एशियाली खेलकुदको फुटबलतर्फकको प्रतिष्पर्धा भने अहिले चलिरहेको छ । थाइल्याण्डमा १० दिनको विशेष प्रशिक्षण सकेर इन्डोनेशिया पुगेको नेपाली टोलीले आज जापानसँग खेल्दै एशियन गेम्सको शुरुवात गर्न लागेको हो ।

इन्डोनेशिया जानुअघि नेपाली टोली थाइल्याण्डमा दुई अभ्यास खेल खेलेको थियो । ती दुवै खेलमा नेपाल पराजित भएको थियो । एशियन गेम्सको समूह ‘डी’ मा रहेको नेपालले जापानपछि भियतनामसँग यही साउन ३१ मा भियतनाम र भदौ १ गते पाकिस्तानसँग खेल्नेछ । नेपालभन्दा जापान निकै बलियो टोली हो । जापान फिफा बरियतामा ६१ औँ र नेपाल १६१ औँ स्थानमा छ । जापान विश्वकपको अन्तिम १६ सम्मको यात्रा गरिसकेको मुलुक हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७