नेपाल लाइफ इन्स्योरेन्सको मुनाफा ४७ करोड ९२ लाखभन्दा बढी


३० श्रावण २०७५, बुधबार
Nepal LIfe

काठमाडौं, ३० साउन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४७ करोड ९३ लाख ५७ हजार ८३० रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ ।

Nepal LIfe

कम्पनीको यो मुनाफा आर्थिक वर्ष २०७३-०७४ को हो । कम्पनीले यो मुनाफा विमाङ्कीय मूल्याङ्कन र लेखा परीक्षण नभएको वितीय विवरण भएको जनाएको छ । यसअघिको मुनाफा ४९ करोड रहेको कम्पनीले जनाएको छ । लेखा परीक्षणपछि मुनाफा एक अर्ब रुपैंयाँ पुगेको थियो । चार अर्ब ३९ करोड ६९ लाख चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा तीन अर्ब ४७ करोड ५७ लाख रुपैंयाँ छ ।

यस्तै जीवन विमा कोषमा ५० अर्ब ४९ करोड २२ लाख रुपैंयाँ रहेको कम्पनीले जानकारी दिएको छ । यो अवधिमा कम्पनीले १६ अर्ब एक करोड ७३ लाख २० हजार रुपैंयाँ विमा शुल्क (खुद) आर्जन गरेको छ भने दावी भुक्तानी (खुद) पाँच अर्ब ४३ करोड ५९ लाख रुपैंयाँ छ । गएको आर्थिक वर्षमा कम्पनीले एक करोड ६१ लाख ७८ हजार विमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले ११ लाख ५२ हजार ८६० विमा लेख जारी गरेको छ । कम्पनीले ६२ लाख १९ हजार १६१ रुपैंयाँ बराबरको ३८ हजार ४९९ वटा विमा दावी भुक्तानी गरेको छ । कम्पनीको भुक्तानी हुन बाँकी रकम १५ लाख ५९ हजार ९४४ रुपैंयाँ रहेको कम्पनीले जनाएको छ । कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ९० पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १८७ रुपैंयाँ ४४ पैसा रहेको छ । यस्तै कम्पनीको पिई अनुपात ९६.३३, प्रतिशेयर कूल सम्पतिको मूल्य एक हजार ३३६ र औसत प्रतिफल दर १०.८३ प्रतिशत रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७