अब वैदेशिक रोजगारीमा गएका युवाको पनि सञ्चयकोष


३१ श्रावण २०७५, बिहीबार
bidesh abroad

काठमाडौं, ३१ साउन । सरकारी कर्मचारीहरुको सञ्चय कोषको कुरा त हामी सबैलाई थाहा भएकै कुरा हो । अब रोजगारीका लागि विदेश गएकाहरुको लागि समेत सञ्चय कोषको व्यवस्था हुने भएको छ ।

bidesh abroad

सरकारले कामका लागि विदेश जाने कामदारका लागि सञ्चय कोषको व्यवस्था गर्ने तयारी थालेको छ । युवा अवस्थामा विदेशिने तर, स्वदेश फर्केपछि रकम अभावकै कारण जीविकोपार्जनमै समस्या आउने अवस्था देखिएपछि सञ्चय कोषको व्यवस्था गर्ने तयारी थालिएको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताएका छन् ।

द्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै विष्टले यसका लागि समाजिक सुरक्षा कोषलाई परिचालन गरिने जानकारी दिएका छन् । सञ्चयकोष व्यवस्था गर्न मन्त्रालयले कर्मचारी सञ्चयकोष, नेपाल राष्ट्र बैंक र मन्त्रालयका अधिकारी सम्मिलित कार्यदल गठन गरेको छ । कार्यदलको सुझाव प्राप्त भएपछि सोहीअनुरुप कार्यक्रम ल्याइने उनले बताएका छन् ।

श्रमिकले गरेको न्यूनतम योगदानको कोषबाट सरकारले लाभदायक परियोजनामा लगानी गराएर श्रमिकको आयको स्रोत बढाई दिने योजना ल्याउने उनले दावी गरेका छन् । मन्त्रालयले विदेशिने कामदारका सन्दर्भमा रहेका कानुनी तथा प्राविधिक समस्याबारे पनि अध्ययन् गरिरहेको छ ।
विदेशमा कमाएको तलबबाट न्यूनतम रकम सञ्चय कोष वा अन्य कोषमा जम्मा गर्ने र त्यहाँबाट आउने ब्याजबाट कामदारका नेपालस्थित परिवारलाई सामाजिक सुरक्ष दिन सकिने योजना बनाइने विष्टले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७