सुरुङ खनेर घरभित्र पसी फिल्मी शैलीमा बलात्कार


३१ श्रावण २०७५, बिहीबार
rape11

धनुषा, ३१ साउन ।  जनकपुरमा एक महिलामाथि फिल्मी शैलीमा बलात्कार भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–२३ कि २५ वर्षीया एक महिलाले गएको मंगलबार राति आफूमाथि जबरजस्ती करणी गरेको बताएकी छन् ।

rape11

गएको मंगलबार राति जनकपुर विद्युत प्राधिकरण वितरण केन्द्रका कर्मचारी महोत्तरी एकडाँडा गाउँपालिका–३, बस्ने ४१ वर्षका रामरोहित मण्डल सुरुङ खनेर घरभित्र पसी आफूलाई मुख थुनेर जबरजस्ती करणी गरेको पीडित महिलाको आरोप छ ।

पति वैदेशिक रोजगारमा रहेको र तीन जना छोराछोरीसँग सुतिरहेको मौका छोपी कर्मचारी मण्डलले बलात्कार गरेको पीडित महिलाले बताएकी छन् । ती महिलाले विद्युत प्राधिकरणकामा घरमा विद्युत जडान गर्न निवेदन दिएकी थिइन् । दुई दिनअघि कर्मचारी मण्डल मिटर जडान गर्न भन्दै पहिला घर हेर्न गएका थिए । घरमा पसेर कहाँ मिटर ठोक्ने भन्दै पुरै घर हेरेको र त्यसपछि रातिको समयमा घरमा सुरुङ खनेर पसी बलात्कार गरेको पीडित महिलाले दुखेसो पोखेकी छन् ।

घटनाको दुई दिन बित्दा समेत अहिलेसम्म जिल्ला प्रहरी कार्यायल धनुषाले कर्मचारी मण्डललाई पक्राउ गरेको छैन । पीडित महिलाले उजुरी दर्ता गराउन जाँदा समेत प्रहरीले उजुरी दर्ता नगरेपछि पीडित महिलाका छिमेकहरु आक्रोशित भएका छन् । उनीहरुले घटनामा संलग्न दोषी कर्मचारीलाई प्रहरीले बचाउ गर्न खोजेको भन्दै अहिले जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना दिएका छन् । उजुरी दर्ता गरेर दोषीमाथि कार्बाही नभए कडा आन्दोलन गर्ने स्थानीयबासिन्दाले चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७